मितिः २०८१, १ असार शुक्रबार

शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्दै भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले शहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । महानगरले जनयुद्ध र जनआन्दोलनमा शहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको हो ।
आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले भरतपुर महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ ।
आर्थिक सहायताको लागि आधिकारीक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । शहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.