मितिः २०८१, १ असार शुक्रबार

उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा सैनिक प्रहरीले आज मंगलबार नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ ।
अ ार्थिक अनियमिततामा अनुसन्धान गर्नुपर्ने देखिएकाले उहाँलाई हिरासतमा लिइएको सैनिक प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिनुभयो । उमेर हदका कारण शाही भोली बुधबार (पुस २०)गतेबाट नियमित अवकासमा जान लाग्नुभएका शाही बिदामा घर बस्नुभएको थियो । सेनाको अभिलेखालयको प्रमाणपत्रमा शाहीको जन्ममिति २०२२ पुस २० देखिएपछि उहाँलाई नेपाली सेनाले १६ दिन अघि नै अवकाशको पत्र दिएको थियो । सेनाबाट अवकासको पत्र समेत बुझिसक्नुभएका शाही आफ्नो वास्तविक उमेरभन्दा एक वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुग्नुभएको थियो ।
सर्वोच्च अदालतले पनि यही पुस १३ मा शाहीकै पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि उहाँ आज मंगलबार नियमित कामको लागि जंगी अड्डा पुग्नुभएको थियो । त्यस लगत्तै सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.