मितिः २०८१, १ असार शुक्रबार

कालिका नगर अस्पतालले थाल्यो भिडियो एक्सरे सेवा दिन

कालिका नगर अस्पतालले आईतबारदेखि भिडियो एक्सरे सेवा सुरु गरेको छ । तत्कालका लागि आईतबार र विहीबार गरी सातामा दुई दिन अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ ।
भिडियो एक्सरेको पहिलो दिन अर्थात् आईतबार सात जनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । अस्पताल नगरपालिकाकै मातहतमा सञ्चालनमा छ ।
चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । उक्त अस्पतालमा हाल पाँच जना चिकित्सक र दुईजना स्टाफनर्स कार्यरत्त छन् । अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको बताइएको छ । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । सामान्य विरामीहरु स्वास्थ्य उपचारकालागि भरतपुर जान्न नपर्ने गरी अस्पताललाई व्यवस्थापन गरिरहेको नगरप्रमुख रेग्मीको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.