मितिः २०८१, १ असार शुक्रबार

नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढ्यो

गएका १५ वर्षको तुलना गर्दा नेपालमा हात्तीको सङ्ख्या दोब्बरले बढेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका अनुसार अहिले नेपालभर हात्तीको सङ्ख्या ४ सय हाराहारी पुगेको हो । १५ वर्षअघि भने हात्तीको सङ्ख्या १ सय ५० मात्रै रहेको थियो । विभागका अनुसार नेपालमा १ सय ७६ घरपालुवा हात्ती छन् । ती हात्ती राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको विभागले जनाएको छ । ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएका छन् । यस्तै गत २० वर्षमा नेपालमा ३९ वटा हात्तीको मृत्यु भएको छ । जसमध्ये ३४ वटा हात्तीको विद्युतीय झट्काका कारण मृत्यु भएको हो भने ६ वटा हात्तीको गोली प्रहारका कारण मृत्यु भएको विभागले जनाएको छ । झापामा मात्रै विगत १५ वर्षमा १५ वटा हात्ती मारिएका छन् । यस्तै देशका २० जिल्लाका २ सय ७४ जना सर्वसाधारणले हात्तीको आक्रमणका कारण मृत्यु भएको छ । जसमा सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको हो । यस्तै हात्तीको आक्रमणका कारण १ सय बढी सर्वसाधारण घाइते भएको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.