मितिः २०८१, ५ असार मंगलवार

पूर्वी चितवनको खैरहनीमा आगलागी, दुई पसलमा पुग्यो क्षति

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज बिहान साढे ३ बजे आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो ।
आज बिहान ४ः१५ बजे नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीको विस्तृत विवरण आउन बाँकी छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.