मितिः २०८१, ५ असार मंगलवार

बौलाहा कुकुरको टोकाइबाट चितवनमा २५ जना घाइते

चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते भएका छन् । इच्छाकामना गाँउपालिका वडा नम्बर ३ को माझगाँउ, नागदह, ढाप, चिसापानीमा कुकुरको टोकाइबाट स्थानीय घाइते भएका हुन् । घरमा काम गरिरहेका र बाटोमा हिडिरहेका बेला कुकुरले टोकेको स्थानीयले बताएका छन् ।

कुकुरले टोकेर घाइते भएका सबैलाई कुरिनटारस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ भने १७ जनालाई थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । कुकुरलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाइएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो । कुकुरले टोकेका सबैलाई सम्पर्कमा आउन गाँउपालिकाले अनुरोध गरेको छ । पालिकाले घाइतेलाई अस्पताल ल्याएको र उपचारमा लाग्ने खर्च व्यहोर्ने गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.