मितिः २०८१, १ असार शुक्रबार

सुनको मूल्य वर्षकै उच्च

नेपाली बजारमा आज बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार नौसय रुपैयाँ पुगेको छ ।
सुनको मूल्य यस दिन तोलामा तीनसय रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार छ सय मा कारोबार भएको थियो । यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार पाँचसय रुपैयाँसम्म कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन तोलाको एक लाख दुई हजार चारसय रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार चारसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.