मितिः २०८१, १ असार शुक्रबार

चीनको कोभिड व्यवस्थापनप्रति अमेरिकी राष्ट्रपतिको चिन्ता

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा भइरहेको कोभिड–१९ को महामारी नियन्त्रणको व्यवस्थापनलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनले बुझाएको प्रतिवेदनमा कोभिड–१९ बाट मृत्यु हुनेको विवरण नरहेको जिकिर गरेपछि उहाँले चिन्ता व्यक्त गरेको रोयटर्सले जनाएको छ । चीनले गत महिना कडा कोभिड नियन्त्रणहरू खारेज गरेपछि अमेरिकालगायत एक दर्जन भन्दा बढी राष्ट्रहरूले चीनबाट आउने यात्रुहरूमा प्रतिबन्ध लगाएको छ । जसले यसको १.४ बिलियन जनसंख्यालाई तीन वर्षसम्म भाइरसबाट जोगाएको थियो ।
चीनमा हाल विश्वव्यापी स्वास्थ्य अधिकारीहरूले प्रकोप नियन्त्रणमा लिन खोजिरहेका छन् । तर चीनले दिएको तथ्यांकसँग बाँझिने गरी अस्पतालहरू र अन्त्येष्टि घरहरू भरिएका छन् । डब्लुएचओका आपतकालीन निर्देशक माइक रायनले हिजो बुधबार एक मिडिया ब्रिफिंगमा भन्नुभयो– ‘चीनबाट हाल सार्वजनिक भएका विवरणहरुले अस्पतालमा भर्ना, सघन हेरचाह इकाईका बिरामीहरू र मृत्युहरुको प्रतिनिधित्व गर्दैन ।”

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.