मितिः २०८१, १० जेष्ठ बिहीबार

बुस्टर डोजका लागि माघ १९भित्र १५ लाख डोज खोप ल्याइँदै

सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिनका लागि यही माघ १९ गतेभित्र १५ लाख डोज खोप ल्याउने भएको छ । स्वास्थ्य सेवा विभागका अपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा माघ १९ गते १५ लाख डोज खोप ल्याउन लागिएको हो ।
सरकारले बुस्टरका लागि फाइजर खोप कोभ्याक्स सुविधामार्फत् ल्याउन लागेको हो । उक्त खोप १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई दिइनेछ । कोभ्याक्सलाई थप १५ लाख डोजका लागि पनि पत्राचार गरिएको र त्यसपछि मागका आधारमा थप खोप ल्याइने बताइएको छ ।

बुस्टर डोजपछि सरकारले कोभिड–१९ विरुद्धको चौथो डोज खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय गत कात्तिक २० गते गरेको थियो । महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई उक्त खोप दिइनेछ । दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई छ वटा समूह छुट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोगप्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मीहरु रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.