मितिः २०८१, ५ असार मंगलवार

भारतमा बस दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

भारतमा नेपाली यात्रु चढेको बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा अन्य नेपाली घाइते भएको हुनसक्ने बताइएको छ । उक्त बस लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको बताइएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त बस दुर्घटनामा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको समाचारले स्तब्ध तुल्याएको बताउनुभएको छ । दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको उहाँको सचिवालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.