मितिः २०८१, १ असार शुक्रबार

मलेसियामा बन्धक १३ नेपाली नागरिकको उद्धार

मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ । उद्धार भएकामध्ये छ जनालाई भोली (मंगलबार) स्वदेश फर्काइने छ । बाँकी रहेका सात जनालाई भने दूतावासको पहलमा अब आउँदो शुक्रवार अर्थात् (पुस २९) गते नेपाल फर्काइने छ ।
मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि आज (सोमबार) मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र समस्यामा परेका उनीहरुको अवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.