मितिः २०८१, १ असार शुक्रबार

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी बनायो

अनेरास्ववियु भोजपुरले ६५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । जिल्ला कमिटी अध्यक्ष सुशील कार्कीको अध्यक्षतामा आयोजक कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा आर्यमन दाहाल, सचिवमा निसान राई, सहसचिवमा खगेन्द्र राई र सबिना बानिया, कोषाध्यक्षमा सुमी राई रहनुभएको छ ।
अधिवेशन सम्पन्न गर्न पाँच उपसमिति समेत गठन गरिएको छ । अब आउँदो माघ २१ गते २४ औँ जिल्ला अधिवेशन हुँदैछ । यस्तै बैठकले बुक बैंकको अवधारणालाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।
बैठकमा अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ध्रुवराज राई, अनेरास्ववियु प्रदेश कमिटी सदस्य लक्ष्मण चौहान, प्रदेश कमिटी सदस्य प्रताप तामाङ लगायतको सहभागीता थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.