मितिः २०८१, ५ असार मंगलवार

दुईसाता पर धकेलियो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फेरी दुई साता पर धकेलिएको छ । सभापति शेरबहादुर देउवाले आगामी बिहीबारका लागि बोलाइएको बैठक माघ १५ गतेसम्मका लागि स्थगित गरेपछि बैठक दुई साता पर धकेलिएको हो ।
यसअघि चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पुस २२ गतेका लागि बैठक बोलाइएको थियो । संसद्को अधिवेशन बोलाइएपछि त्यतिन्जेलका लागि स्थगित गरिएको थियो । अबको केन्द्रीय कार्यसमितिको बैठक अब आउँदो माघ १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.