मितिः २०८१, १ असार शुक्रबार

गृहमन्त्री रवि लामिछाने आज चितवनमा

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउनुभएको छ । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो ।

गृहमन्त्री लामिछानेले आज खिचरा महोत्सवको उद्घाटन गर्नुहुनेछ । महोत्सवको उद्घाटन सकेर गृहमन्त्री भरतपुर जानुहुनेछ । साढे २ बजे चितवन उद्योग संघमा औद्योगिक क्षेत्रको विषयमा छलफल हुने छ । त्यसपछि मात्रै उहाँले मेन इन नेपाल एक्स्पोको अवलोकन गर्नुहुनेछ । अवलोकनपछि उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसँग छलफल हुने छ । साँझ ५ बजे फुड फेस्टिबलको अवलोकन र ६ः१५ बजे सौराहामा सौराहाका पर्यटनका विषयमा स्थानीयसँग गृहमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.