मितिः २०८१, १ असार शुक्रबार

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए , चालु आर्थिक वर्षमै मरे आठ गैँडा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत अवस्थामा फेला परेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हो । यस्तै, चितवन राष्ट्रिय निकुञ्जको सौराह सेक्टर अन्तर्गत कछुवानी पोष्टको कार्यक्षेत्रमा पर्ने निकुञ्जको कोर क्षेत्रमा एउटा एक सिङे गैँडा मृत भेटिएको छ ।
गैँडाको खाग सुरक्षित छ । बाघको आक्रमणका कारण गैँडा मरेको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०७९÷०८० मा मर्ने गैँडाको संख्या आठवटा पुगेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.