मितिः २०८१, १ असार शुक्रबार

नेपालमा हालसम्म हवाई दुर्घटनाको संख्या एकसय चार पुग्यो, साढे आठ सयभन्दा बढीको मृत्यु

दीपा चालिसे
आज पोखरामा भएको निजी वायु सेवा कम्पनी यति एयरलाईन्सको विमान दुर्घटना सहित नेपालको हवाई उड्ययन इतिहासमा हवाई दुर्घटनाको संख्या एकसय चार पुगेको छ । हालसम्म नेपालमा एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी एकसय चार वटा दुर्घटना भइसकेका छन् ।
उक्त हवाई दुर्घटनामा परी हालसम्म साढे आठ सयभन्दा बढीको ज्यान गइसकेको छ । आज भएको पोखरा दुर्घटनाबाहेक हालसम्म आन्तरिकतर्फ तीनसय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ तीनसय ७५ गरी आठसय ४९ जनाको ज्यान गइसकेको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको ‘एभीएसन सेफ्टी रिपोर्ट’ अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आज आइतबार भएको यो ५० औं दुर्घटना हो । २०१२ वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।
आज आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो ।
यसअघि पनि गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । सुगम उडानमा यतिको नाममा पाँचवटा एटीआर विमान भएको यो कम्पनीसँग अब चारवटा एटीआर बाँकी रहेको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.