मितिः २०८१, १ असार शुक्रबार

तनहुँमा खुकुरी प्रहार गरी पुरूषको हत्या

तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ ।
आज बिहान साढे ११ बजे भानु नगरपालिका–६ टुहुरे स्थित डुम्रे–चन्द्रवती भित्री सडकखण्डमा सोही ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो ।
हत्या आरोपमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हत्याको कारण भने खुलीसकेको छैन । अहिले मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न खुकुरी प्रहार गर्ने परियारलाई हातियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.