मितिः २०८१, १ असार शुक्रबार

चितवनमा कालिरह भीरबाट लडेर जीत बहादुर चेपाङको मृत्यु

चितवनको इच्छाकामना २ काउलेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराती तल्लो काउलेबाट आफ्नो घर कटारी तर्फ जादैँ गर्दा कालिरह भीरबाट लडेर ३१ बर्षिय जीत बहादुर चेपाङको मृत्यु भएको हो ।
हिजो सोमबार राती ९ बजे तल्लो काउलेबाट कटारी घर जान भनि साथीहरुसंग छुट्टिनुभएका चेपाङ आज बिहान छ बजे कालिरह भीरबाट लडेको अवस्थामा मृत भेटिएको वडा कार्यालयका कर्मचारी दिल रानाले बताउनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.