मितिः २०८१, ५ असार मंगलवार

प्रधानमन्त्री प्रचन्डद्धारा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए आजै सपथ

प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले पूर्णता पाएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले आज मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
प्रधानमन्त्री बनेकोे भोलिपल्ट अर्थात् गत पुस ११ मा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका प्रधानमन्त्री प्रचण्डले सोही दिन नै आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो । त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका हुन् । जसपा समेतका दलहरुलाई समेट्न केही मन्त्रायय बाँकी राख्दै आज मन्त्रिमण्डल विस्तार गरिएको हो । नवनियुक्त मन्त्रीहरुले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहणसमेत गरिसक्नुभएको छ । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी आठवटा मन्त्रालय पाएको छ भने माओवादीले तीनवटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने दुईवटामा असहमति जनाएको छ ।

त्यस्तै, जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् । थप भएका मन्त्रीहरुमा राप्रपाबाट राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा मन्त्री बन्नुभएको छ । त्यस्तै, नेकपा एमालेले हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाएको छ । यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ ।
यस्तै राप्रपाबाट ध्रुबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रममन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिनुभएको छ ।
नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीे नियुक्त हुनुभएको छ । जनमत पार्टीका अब्दुल खान वन मन्त्री बन्नुभएको छ ।
प्रधानमन्त्रीमा प्रचण्डले शपथ लिएकै दिन माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक योजना मन्त्री बन्नुभएको थियो । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्नुभएको थियो । एमालेबाट दामोदर भण्डारी पनि यसअघि नै मन्त्री नियुक्त भइसक्नुभएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.