मितिः २०८१, १ असार शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आउँदो माघ ५ गते विश्वासको मत लिने हुनुभएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये सात दलका ५६ जना र दुईस्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.