मितिः २०८१, ५ असार मंगलवार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही ’ज्ञानेन्द्र’लाई प्रमुख सचेतक बनाएको छ ।
पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनित गर्नु भएको हो । शाही जुम्लाबाट निर्वाचित सांसद हुनुहन्छ । उहाँले माओवादीकी गोमा गौतम कुँवरलाई १० हजारभन्दा बढी मतले हराउनु भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.