मितिः २०८१, ५ असार मंगलवार

उपसभामुखको चुनाव यहि माघ ७ गते हुने

प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव यहि माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गर्नुभएको हो ।
साथै उहाँले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिनुभयो । आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । घिमिरेको पक्षमा एक सय ६७ मत आउँदा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गर्नुभयो । त्यस्तै एक मत भने कसैलाई समर्थन नगर्ने पक्षमा खसेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.