मितिः २०८१, ५ असार मंगलवार

बाँकेको थप तीन पालिमा पनि फैलियो दादुरा संक्रमण

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्र देखिएको दादुरा संक्रमण अन्य पालिकामा समेत फैलिएको छ ।
यसअघि नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्रै देखिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा समेत फैलिएको जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जले जनाएको छ ।
खजुरामा तीन जना, कोहलपुरमा दुई जना र नरैनापुरमा एक जनामा दादुराको संक्रमण देखिएको हो । संक्रमण देखिएको ठाउँमा दादुराविरुद्धको खोप अभियान थालिएको स्वाथ्य कार्यालयले जनाएको छ । नेपालगञ्जमा हालसम्ममा एक सय ९१ जनामा दादुरा संक्रमण देखिएको छ नेपालगञ्ज उपमहानगरका १६ वटा वडामा खोप अभियान सञ्चालन गरिएको छ भने खजुरा गाउँपालिकाका आठवटै वडामा खोप अभियान थालिएको छ ।
नेपालगञ्जका ३१ हजार ४२ र खजुराका पाँचहजार नौसय ७४ जना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.