मितिः २०८१, ५ असार मंगलवार

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईदै, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

मधेस प्रदेशमा आज बलिदानी दिवस मनाईंदैछ । २०६३ सालमा भएको मधेस आन्दोलनको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ ।
आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ साल माघ ५ गते रमेश महतोको गोली लागेर ज्यान गएको थियो । त्यसपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।यो दिनलाई स्मरण गर्दै मधेस प्रदेश सरकारले कार्यक्रम गर्दै आएको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.