मितिः २०८१, ५ असार मंगलवार

सिभिल मलमा एक युवकले आफ्नै जिउमा लगाए आगो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।
सिभिल महलको भुँइतलामा आज बिहिवार दिउँसो ११ः ४० मा ३० वर्षिय विशाल लामिछाने गुरुङले आफ्नै जिउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको बताइएको छ । घटनाको कारण भने खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.