मितिः २०८१, १ असार शुक्रबार

नवनिर्वाचित सभामुख घिमिरेद्वारा शपथ ग्रहण

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।आज शुक्रबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख घिमिरेलाई शपथ गराउनु भएको हो ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरे प्रतिनिधिसभामा हिजो बिहीबार भएको मतविभाजनबाट सभामुख चयन हुनु भएको थियो । २०६२–
६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदको मतविभाजनबाट सभामुख चयन गरिएको हो । प्रतिनिधिसभाको हिजोको बैठकमा भएको मत विभाजनमा घिमिरेको पक्षमा एकसय ६७ सांसदले मत दिएका थिए । उहाँको विपक्षमा एक सय मत परेको छ । दुईसय ७५ सदस्यीय प्रतिनिधिसभामा हिजो दुईसय ६८ जना सांसद उपस्थित भएका थिए ।
पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम एकसय ३८ मत कटेकाले उहाँलाई जेष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गर्नु भएको हो । आज भएको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ अधिकारी को सहभागीता थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.