मितिः २०८१, ५ असार मंगलवार

बम्पर उपाहार लक्की ड्र का विजेतालाई पुरस्कार हस्तान्तरण

रत्ननगर । ए टु जेड मोबाईल हाउसको बम्पर उपहार योजना अन्तर्गतका बिजेताहरुलाई शनिबार पुरस्कार हस्तान्तरण गरिएको छ ।

रत्ननगरको टाँडीचोकमा रहेको ए टु जेड मोबाईल हाउस तेस्रो शाखावाट मोवाइल खरिद , मर्मत ,घडी खरिद लगायत विभिन्न उपहार योजना अन्तर्गतका बिजेताहरुलाई एक समारोहाका विच पुरस्कार हस्तान्तरण गरिएको होे ।

उपाहार योजना अन्तर्गत बम्पर उपहार विजेता कालिका १ गडुवा निवासी कृष्ण घिमिरेले पुरस्कार वापत यामाहाको फ्यासिनो स्कुटर प्राप्त गर्नुभएको छ । यस्तै नया बर्ष अफर अन्तर्गत कालिका ५ निवासी सिताराम चौधरीले एम आई स्मार्ट टेलिभिजन र नया बर्ष अफर अन्तर्गत नै कालिका ६ निवासी अस्मिता सिम्खडा र कालिका १ निवासी प्रेम बहादुर लामाले सुनको औठी प्राप्त गर्नु भएको छ । यस्तै आज नै मोबाईल मर्मतमा विजेता हुनुहुने रत्ननगर ८ निवासी मनिका लामा र विक्ली ल्क्क्की ड्र मा विजेता हुनुहुने बिरेन्द्रनगर निवासी आयान पुनलाई पनि सुनको औठी प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै विजेताहरुले गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आईरहेकाले नै ए टु जेड मोबाईल हाउस सबैको मनमा बस्न सफल भएको बताउनु भएको छ ।

विगत डेड दशक देखि सेवा प्रदान गर्दै आईरहेको ए टु जेड मोबाईल हाउसको नारायणगढ टाडि र कावासोतीमा अत्याधुनिक सर्भिस सेन्टर सहितको चार वटा सोरुम संचालनमा रहेका छन् ।



No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.