मितिः २०८१, १ असार शुक्रबार

अवैध रुपमा उत्खनन् गरिएका ढुंगा–बालुवा कालिका नगरपालिकाद्धारा जफत

चितवनको कालिका नगरपालिकाले अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य सामग्री जफत गरेको छ । कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा पारिएको नदीजन्य सामग्रीको नगरपालिकाले जफत गरेको हो ।

वडा नं.८,९, १० र ११ नम्बरका विभिन्न स्थानमा जथाभावी रुपमा खोला दोहन गरेर संकलन गरिएका सामाग्री नगरपालिकाले जफत गरेको हो । त्यस्तै जफत गरिएको उक्त सामाग्री वडा नं.७ को वडा कार्यालय अगाडि जम्मा गरिएको नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।
पुस २९ गतेदेखी जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा कयर र सिन्ती खोलाबाट उत्खनन् गरिएका ५०० टिप्पर ढुङ्गा, ग्राभेल, बालुवा जफत गरेको रेग्मीको भनाई छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.