मितिः २०८१, ५ असार मंगलवार

बाँकेको नरैनापुरमा नौ हजार बढी बालबालिकालाई लगाइयो दादुरा रुवेला विरुद्धको खोप

बाँकेको नरैनापुरमा छ महिनादेखि १५ वर्ष मुनिका नौ हजार नौ सय १३ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइएको छ ।
दादुराको प्रकोप देखिन थालेपछि नरैनापुरमा खोप कार्यक्रमलाई निरन्तरता दिइएको हो । सरकारले प्रभावित क्षेत्रमा दादुरा नियन्त्रण गर्ने उद्देश्यले माघ ५ गतेबाट दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरेको नरैनापुर स्वास्थ्य शाखाले जनाएको छ ।
नरैनापुरका सातवटा वडामा भोलीसम्म लक्ष्य अनुसार खोप लगाई सक्ने जनाइएको छ । यसैबीच उक्त जिल्लाका पाँच वटा पालिकामा पनि दादुरा संक्रमण देखापरेको छ । जसमा नेपालगन्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा २१ जना र डुडुवा गाउापालिकामा आठ जना संक्रमित फेला परेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.