मितिः २०८१, ५ असार मंगलवार

मधेश प्रदेशसभाका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश

मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो । उहाँहरु दुवैजनालाई आज आइतबार पार्टी कार्यालयका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो ।
मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.