मितिः २०८१, १ असार शुक्रबार

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचन्ड)ले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई आज सोमबार नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार भएर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेर नियुक्त गर्नुभएको हो ।
सिन्धुली स्थायी घर हुनुभएका गजुरेल२०३३ सालदेखि राजनीतिमा सक्रिय रहदै आउनुभएको छ । गजुरेल २०४२ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य बन्नुभएको थियो भने २०७० मा माओवादीको कोषाध्यक्ष र २०७२ मा कृषिमन्त्री बन्नुभएको थियो ।
त्यसपछि उहाँ २०७४ मा सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा भने उहाँले टिकट पाउनुभएको थिएन । २०७५ मा स्थायी समिति सदस्य बन्नुभएको थियो । प्रधानमन्त्री दाहालले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्ति दिइसकेका छन् । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ । प्रधानमन्त्रीले स्वकीय सचिवमा रमेश मल्ल र छोरी गंगालाई नियुक्त गर्नुभएको थियो भने स्वकीय सहसचिवका रुपमा मनहरि तिमिल्सिना, सूर्यकिरण शर्मा, शिव खकुरेल र गोर्कण भट्टलाई नियुक्त गरिएको थियो । शर्माले प्रेस संयोजक र तिमिल्सिनाले प्रेस विज्ञको रूपमा काम गर्ने जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्रीको फोटो पत्रकारमा भने राससका प्रदीपराज वन्तलाई जिम्मेवारी दिइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.