मितिः २०८१, ५ असार मंगलवार

संसद भवनअघि इलामका आचार्यले गरे आत्महत्याको प्रयास

संघीय संसद भवनअगाडि आज मंगलबार दिउँसो इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गर्नुभएको छ । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाउनुभएको हो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गर्नुभएको हो । आचार्यलाई प्रहरीले उद्धार गरेर कीर्तपुरस्थित बर्न अस्पताल लगेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.