मितिः २०८१, १ असार शुक्रबार

गैंडाकोटको प्रहरी प्रमुखमा प्रहरी निरीक्षक पौडेल

इलाका प्रहरी कार्यालय गैंडाकोटको प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक रीता पौडेलले सम्हाल्नुभएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट काजसरुवा भै गैंडाकोट पुग्नुभएकी प्रहरी निरीक्षक पौडेलले हिजो मंगलबारदेखि जिम्मेवारी सम्हाल्नुभएको हो ।
नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बर्दियाको दरबन्दीमा रहनुभएकी पौडेल नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत प्रहरी हुनुहुन्थ्यो । जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक पौडेलले गैंडाकोट क्षेत्रको शान्तिसुरक्षामा कुनै कमी हुन नदिने बताउनुभएको छ । उहाँले समुदाय–प्रहरी साझेदारीमा नै शान्तिसुरक्षासँगसँगै विकृति र विसंगति न्यूनीकरणलाई प्राथमिकता दिने उहाँको भनाई छ ।
निरीक्षक पौडेल (आइपिएस) तालिम प्राप्त प्रहरी २०७४ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।उहाँले गैंडाकोट लागुऔषधको मुख्य नाकाको रुपमा देखिएको बताउँदै त्यसलाई रोक्न आफ्नो नेतृत्वको प्रहरी प्रशासन जिम्मेवारीपूर्वक लाग्ने बताउनुभयो । यसअघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा हुनुभएको छ ।
हिजो मंगलबार नै नेपाल प्रहरी, प्रदेश कार्यालय, पोखराका वरिष्ठ प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले इलाका प्रहरी कार्यालय गैंडाकोटको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.