मितिः २०८१, १ असार शुक्रबार

काठमाडौं महानगरले हटायो मापदण्डविपरीतका नौहजार बोर्ड

काठमाडौं महानगरपालिकाले अहिलेसम्म नौहजार अनधिकृत परिचय पाटी हटाएको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।
गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।
सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो ।
तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ ।
महानगरको आर्थिक ऐन २०७९ बमोजिम छ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क पाँचसय रुपैयाँ हो । भने, १५ बर्गफुटसम्मको शुल्क एकहजार पाँचसय रुपैयाँ हो । १५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट एकहजार रुपैयाँ थप शुल्क तिनुपर्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.