मितिः २०८१, ५ असार मंगलवार

बछौली माविका चारसय पच्चीस विद्यार्थीलाई न्यानो कपडा वितरण

बछौली माविका विद्यार्थीलाई आज विहीबार जाडोमा लगाउन न्यानो कपडा वितरण गरिएको छ ।
बसन्त पन्चमी अर्थात सरस्वती पुजाको दिन बालवालिकालाई अक्षर आरम्भ गराउँदै विद्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिनुभयो । विद्यालयमा अध्यायनरत कक्षा नर्सरी देखि १२ सम्मका चारसय २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उहाँको भनाई छ ।
विद्यालयमा आयोजना गरिएको महायज्ञबाट संकलित रकमको व्याजबाट प्राप्त रकमबाट विद्यार्थीलाई जाडोमा लगाउने कपडा वितरण गरिएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो,विद्यालयका अध्यक्ष राममणि खनाल लगायतले विद्यार्थीलाई कपडा वितरण गर्नुभएको हो ।
कार्यक्रममा विद्यालयका सल्लहाकार लोकराज भूषाल, बासुवेद चापागाईँ, पूर्व प्रधानाध्यापक वासुदेव चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, वडा सदस्य केशरीमाया सुनार लगायतले मन्तव्य राख्नुभएको थियो । बसन्त पन्चमीको दिन भर्ना हुन आएका विद्यार्थीलाई सम्मान तथा स्टेशनरी समेत प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विक्रम बहादुर अधिकारीले जानकारी दिनुभयो ।कार्यक्रम विद्यालयका अध्यक्ष खनालको अध्यक्षतामा भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.