मितिः २०८१, ५ असार मंगलवार

काठमाडौंको बानेश्वरमा सुकुम्बासी आन्दोलनमा उत्रिए , सरकारसँग राखे तीन बुँदे माग

स्थायी विकल्पसहितको बसोबासको माग गर्दै काठमाडौंमा आज शुक्रबार भूमिहीन तथा सुकुम्बासीहरु आन्दोलित भएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म भूमिहिन सुकुम्बासीले विरोध ¥याली आयोजना गरेका हुन् ।
आफ्नो लागि आफैं अघि बढौं अलमलमा नपरौं, लालपुर्जा प्राप्तिको महाअभियानमा सबैले हातेमालो गरौं’ भन्दै सुकुम्बासीहरूले अव्यवस्थित बसोबासीको हकअधिकार सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायलाई दबाब दिन धर्नाको कार्यक्रम गरेका हुन् ।

हिजो विहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री रवि लामिछानेलाई सुकुम्बासी हटाउने पहलका लागि भेटेपछि सुकुम्बासी आन्दोलित भएका हुन् ।
भूमि अभियान्तामाथिको झुठो जाहेरी निसर्त फिर्ता, भू–स्वामित्वसहितको स्थायी विकल्पबिनाको उठिबास बन्द गरिनुपर्ने र भूमि ऐन बमोजिम सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.