मितिः २०८१, ५ असार मंगलवार

ग्रीक टेनिस खेलाडी सिसिपास अष्ट्रेलियन ओपनको फाइनलमा

ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गर्नुभएको छ ।
आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७–६ (७–२), ६–४, ६– ७ (६–८), ६–४ को सेटमा पराजित गर्दै २४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुग्नुभएको हो । उहाँले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नुहुनेछ ।
सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने हुनुभएको हो । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुग्नुभएको थियो । त्यसबेला उहाँ जोकोभिचसँगै पराजित हुनुभएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.