मितिः २०८१, १ असार शुक्रबार

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ मा हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यहि माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी तोक्नुभएको हो ।
राष्ट्रिय सभा उपाध्यक्ष पद एक वर्षदेखि रिक्त छ । निर्वाचनसम्बन्धी कार्यक्रम सार्वजनिक गर्नका लागि संघीय संसद्का महासचिव भरतराज गौतमलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठक ४ मिनेटमात्रै बसेको थियो । बैठकले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाएको छ । शिक्षामन्त्री शिशिर खनालले राखेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो ।
राष्ट्रिय सभाको अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनको मिति र समय तोक्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा एक वर्षदेखि उक्त पद रिक्त थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.