मितिः २०८१, ५ असार मंगलवार

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको बिहिवार राति निधन भएको छ । दर्जनौं गीत गाएर चर्चित बन्नुभएका पौडेलको निधन स्याङ्जास्थित घरमै भएको हो ।
दुई महिनादेखि बिरामी भएर उपचार गराइरहनुभएका उहाँको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण दुई महिनादेखि बिरामी भइ उपचार गरिहनुभएका पौडेल त्यसयता घरमै आराम गरिरहनुभएको थियो ।
पौडेलको पार्थिव शरीरलाई आज शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने छ । उहाँलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जानेसमेत बताइएको छ ।
पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । भीम शालीन स्वभावका गायक पौडेलको निधनले समग्र लोकदोहोरी क्षेत्रमै अपूरणीय क्षति पु¥याएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.