मितिः २०८१, १ असार शुक्रबार

रवि लामिछानेले पूनः लिए नेपाली नागरिकता

निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्नुभएको छ । लामिछाने आज नागरिकता पुनःप्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं जानुभएको थियो । सर्वोच्च अदालतले शुक्रबार लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि रविले मन्त्री र सांसद पद गुमाउनुभएको छ ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाउनुभएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो ।
लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय गरेको थिएन । चितवन(२ बाट अधिकारीले दोब्बर मतान्तरमा चुनाव जित्नुभएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.