मितिः २०८१, १ असार शुक्रबार

ललतिपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोकिँदा दुई जनाको मृत्यु, छ जना घाइते

ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै गएराती कार र ट्याक्सी आपसमा ठोकिदा दुईजनाको मृत्यु भएको छ । छ जना भने घाइते भएका छन् ।
उक्त दुर्घटनामा ट्याक्सीमा सवारछ६ जना र कारमा सवार दुईगरी आठजना घाईते भएका थिए । ट्याक्सीमा सवार ललितपुरको ताल्चीखेल बस्ने सुनसरीका ४७ बर्षीय सरोज कुमार बिक र कारमा सवार काठमाडौंको कलंकी बस्ने मोरङका अन्दाजी ३५ बर्षीय धन बहादुर बस्नेतको उपचारको क्रममा बि एण्ड बि अस्पताल मृत्यु भएको हो ।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते भएकामध्ये कार चालक कलंकी बस्ने झापाको बिर्तामोडका ३५ बर्षीय बिर बहादुर बिकको अवस्था भने गम्भीर रहेको छ ।
ग्वार्कोबाट सातदोबाटोतर्फ आउँदै गरेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ४ च १ नम्बरको कार गएराति साढे १२ बजे आपसमा ठोकिएको थियो । कार चालक बिकले मदिरा पिएको खुल्न आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.