मितिः २०८१, १ असार शुक्रबार

भारतको झारखण्डमा आगलागी हुँदा १४ जनाको गयो ज्यान, १२ जना घाइते

भारतको झारखण्डमा गएराति आगलागी हुँदा १४ जनाको ज्यान गएको छ । उक्त आगलागीमा परि १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा भएको आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको जनाइएको छ ।
आगलागीको समयमा भवनमा कति मानिस थिए भन्न खुल्न सकेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । साथै आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन । आगलागीको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.