मितिः २०८१, १ असार शुक्रबार

आज सिमसार दिवस, चितवनमा विविध कार्यक्रम गरि मनाइँदै

‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ आज बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ । दिवसको अवसरमा चितवनम विभिन्न कार्यक्रम गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा अन्तरक्रिया तथा घडियाल गोही नदीमा छाड्ने कार्यक्रम राखेको छ ।
नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन् । नेपालको ६० हजार पाँचसय ६१ हेक्टर क्षेत्र रामसारमा पर्छ । पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो ।
कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन् । यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन् । तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ ।
मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दै गएको भन्दै यसलाई जोगाउने तथा महत्वबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाउने गरिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.