मितिः २०८१, ५ असार मंगलवार

इजिप्टको अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु, ३२ जना घाइते

इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि तीनजनाको ज्यान गएको छ । अन्य ३२ जना घाइते भएका छन् ।
हिजो बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको र त्यसमा परी तीन जनाको ज्यान जानुका साथै अरु ३२ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो । आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरु निसास्सिएका थिए भने अरु केही घाइते भइ अस्पताल पुर्याइएको थियो । आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.