मितिः २०८१, १ असार शुक्रबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ पर्नुभएको छ । सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी चौधरी आज पक्राउ पर्नुभएको हो । उहाँले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दा खेपिरहनुभएको थियो । त्यसको साथै उहाँमाथि टीकापुर घटनामा संलग्न भएको मुद्दा पनि परेको थियो ।
१० वर्षअघि आगजनी गरेको कसूरमा चौधरीमाथि कैलाली जिल्ला अदालतले छ महिना कैद र आठ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । यो बीचमा उहाँ सांसद बनेर आएपछि सो फैसला कार्यान्वयन हुन नसकेको विषय बाहिर आएको थियो । चौधरी गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.