मितिः २०८१, ५ असार मंगलवार

इथोपियामा रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ नेपाली महिलाको उद्दार

इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारत पुर्याइएका १२ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनस्र्थापना केन्द्रको पहलमा भारतको जयपुरबाट उद्दार गरिएको हो । उनीहरुलाई माघ १९ गते नै उद्धार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका १२जना मध्ये २० देखि ३० वर्ष उमेर समूहका दुईजना, ३१ देखि ४० वर्ष उमेर समूहका आठ जना र ४१ भन्दा माथि उमेर समूहका दुईजना रहेको प्रहरीले जनाएको छ । तस्करहरुले नेपालका विभिन्न नाकाहरुबाट गत मंसिर र पुस महिनामा भारत पु¥याइ दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाएको अनुसन्धानबाट खुल्न आएको छ ।
यस्तै, नेपालबाट भारत लैजानेक्रममा जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायतका नाकाको प्रयोग भएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.