मितिः २०८१, १ असार शुक्रबार

यू–१७ महिला राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा अठ्ठाइस खेलाडी

यू–१७ महिला च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइएको छ ।
यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि पहिलो चरणमा टोलीकी मुख्य प्रशिक्षक भगवती राना मगरले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभएको हो । बन्द प्रशिक्षणमा बोलाइएका २८ खेलाडीमा गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली), करुणा बुढाथोकी (बारा), डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाही), दिपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बु चाबेगु (झापा), मिडफिल्डरः रुपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकास कुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) पुनम चेम्जोङ (पाँचथर), फरवार्डः सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली), कविता गुरुङ (रौतहट) रहनुभएको छ ।
प्रशिक्षक भगवतीको नेतृत्वमा नेपाली यू–१५ राष्ट्रिय महिला टोलीले गत नोभेम्बरमा बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

त्यतीबेला नेपाललाई उपाधि दिलाउँदाका नायक गोलकिपर सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसँगै यू–१५ टिमकै कप्तान दिपा रोकाय पनि टिममा हुनुहुन्छ । त्यसबेला टिममा रहेका १६ खेलाडी अहिले पनि प्रारम्भिक टिममा समावेश भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप आगामी २० मार्च देखि ३१गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । एन्फाले यू–१७ च्याम्पियनसिपका लागि खेलाडी छान्न जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.