मितिः २०८१, १ असार शुक्रबार

कांग्रेस पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छ ः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गर्नुभएको छ ।
आज आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी समेत गर्नुभयो । यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिएको छ भन्दै अध्यक्ष ओलीले नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । नेपाली कांग्रेससँग सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव पनि रामै्सँग भएको उहाँको भनाई छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.