मितिः २०८१, ५ असार मंगलवार

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी अर्यालको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि सोमवार बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ ।
माओवादीकी अर्याललाई सत्तारूढ सबै तलको समर्थन रहेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्ष पद रिक्त छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.