मितिः २०८१, १० जेष्ठ बिहीबार

बाराबाट स्वतन्त्र जितेका सांसद कलवार जसपामा प्रवेश

बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा)प्रवेश गर्नुभएको छ ।
बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो । उहाँ बारा क्षेत्र नं २ (१) बाट नौहजार दुईसय ९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै विजय हुनुभएको थियो ।
यसअघि महोत्तरी २ (२) बाट चुनाव जित्नुभएका स्वतन्त्र सांसद सुरिता साह र पर्सा क्षेत्र नम्बर ३(१) का प्रमोद कुमार जैसवालले जसपामा प्रवेश गर्नुभएको थियो । यो सँगै जसपाको मधेश प्रदेशमा १९ सांसद पुगेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.